जीन्दगीको भागदौडमा शुन्यताको भान थियो
आकाँक्षाको नाम हरायो अनि आश्वासनको मान थियो
हारेको यो हृदयमा प्रशंसाको शान थियो
रिक्तताको साथ थियो पुर्णताको आभास थियो
वेहोसीमा रङ्ग थियो सायद, त्यसैले मन दङ्ग थियो...
मन्ध मन्ध सीरेटोमा स्वप्न त्यसै रम्न थाले
विना कारण मुटुभित्र खुशी आई जम्न थाले
वास्तविकताको पत्तो थिएन, उमङ्गको वाश थियो
कागजको डुङ्गामा सागर तर्ने आश थियो
वेहोशीमा रङ्ग थियो सायद त्यसैले मन दङ्ग थियो...
No comments:
Post a Comment